जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा संयोजक दाहालले एमालेसँग औपचारिक सहकार्यको प्रक्रिया अघि बढेको र अन्य दलसँग पनि छलफल जारी रहेको जानकारी दिए
जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा संयोजक दाहालले आफ्नो पार्टी र एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रुपमा अघि बढेको उल्लेख गरेका हुन् ।३ दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको बताए ।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे।नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार ६ साउनमा पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
