उनले कार्यतालिकाअनुसार नयाँ विधेयक ९७ र प्रचलित ऐनलाई संशोधन गर्न बनेका विधेयक ६९ गरी संसद्मा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौँ — कानुनमन्त्री सोविता गौतमले आर्थिक वर्ष २०८३–८४ मा संसद्मा १६६ वटा विधेयक पेस गर्ने र त्यसको प्राथमिकतासहितको कार्यतालिका सङ्घीय संसद्मा पठाइएको बताइन् । उनले संसदमा बोल्दै यो तथ्याकं बताएकी हुन् ।
मन्त्री गौतमले कार्यतालिकाअनुसार नयाँ विधेयक ९७ र प्रचलित ऐनलाई संशोधन गर्न बनेका विधेयक ६९ गरी संसद्मा प्रस्तुत गर्ने लक्ष्य राखिएको बताइन् । उनले पहिलो प्राथमिकतामा ६४ विधेयक रहेको पनि बताइन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १५ वटा विधेयकको तयारी गरिएको र अर्थ मन्त्रालयबाट पनि १५ वटै विधेयकको तयारी गरिएको बताइन् । उनले विधेयकहरूको तर्जुमा हेर्न ट्र्याकिङ सिस्टम बनाएको पनि बताइन् ।
मन्त्री गौतमले कानुन मन्त्रालयले सर्वसाधारण र सरोकारवालाहरूले सुझाव दिन सकून् भनेर ‘नो योर ल, मेक योर ल’ नामक पोर्टल सञ्चालनमा ल्याएको र त्यसमा ४ सय सुझाव प्राप्त भएको पनि जानकारी दिइन् ।
