सुकुमवासी र भूमिहीनमाथि छलफलको माग गर्दै विपक्षी दलले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको प्रस्तावमा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन जनाएका छन् ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Opposition party registers urgent public interest motion demanding discussion on squatters and landless people

काठमाडौँ — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापनबारे छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

विपक्षी दलहरूले बुधबार अगाडि सारेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावमा पाँच विषयमा प्रतिनिधिसभामा छलफल गर्नुपर्ने उल्लेख छ ।

१. वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण नगरी, पर्याप्त पूर्वसूचना, परामर्श, लिखित पुनर्स्थापना योजना र सुरक्षित वैकल्पिक आवासबिना बस्ती भत्काइएको ।

२. जोखिमयुक्त नदी किनारबाट सुरक्षित स्थानमा सारिएको भनिएका नागरिकलाई पुनः बाढीको जोखिम भएका होल्डिङ सेन्टरमा राखी स्वच्छ पानी, पौष्टिक खाना, सरसफाइ, स्वास्थ्य सेवा, गोपनीयता र सुरक्षाको न्यूनतम व्यवस्था नगरिएको ।

३. गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र दीर्घरोगीलाई आवश्यक विशेष सेवा नदिइएको तथा डोजर र बाढीबाट विद्यालय, पुस्तक र शैक्षिक सामग्री नष्ट भई बालबालिकाको पढाइ र परीक्षा प्रभावित भएको ।

४. रोजगारीको स्थानबाट टाढा सारिँदा दैनिक ज्यालादारी तथा अनौपचारिक श्रममा निर्भर परिवारको जीविकोपार्जन खोसिएको र राहत रकम नपाएका वा कागजातमा समस्या भएका परिवारको समाधान गर्नुको सट्टा खाना रोकी होल्डिङ सेन्टर छाड्न बाध्य पारिएको ।

५. विस्थापनबाट उत्पन्न मानसिक आघात, आत्महत्या र शंकास्पद मृत्युको स्वतन्त्र छानबिन नभएको, पुनर्स्थापनामा अनधिकृत राजनीतिक वा गैरसरकारी व्यक्तिको भूमिका अस्पष्ट रहेको तथा सर्वोच्च अदालतको आदेश, संविधान, आवासको अधिकारसम्बन्धी ऐन, २०७५ र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धता कार्यान्वयन नभएको ।

विपक्षी दलहरूले भूमिहीन र सुकुम्बासी नागरिकलाई सुरक्षित आवास तथा लालपुर्जा उपलब्ध गराउने भनी सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएको प्रस्तावमा उल्लेख गरेका छन् । उनीहरूले सुकुमवासी र भूमिहीनको विषयलाई दलगत आरोप–प्रत्यारोप वा राजनीतिक लाभको माध्यम नबनाउन पनि आग्रह गरेका छन् । सुकुमवासी र भूमिहीन समस्याको सरकार, प्रतिपक्ष, स्थानीय तह र सम्बन्धित समुदायबीच सहकार्य गरी यसको न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधान खोजिनुपर्ने विपक्षी दलहरूको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको यो प्रस्तावमा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन जनाएका छन् । एमालेका ऐनबहादुर महर, नेकपाका युवराज दुलाल र श्रम संस्कृतिका आरेन राईले उक्त प्रस्तावमा समर्थन जनाएका हुन् । 

Opposition party registers urgent public interest motion demanding discussion on squatters and landless people

Opposition party registers urgent public interest motion demanding discussion on squatters and landless people

Opposition party registers urgent public interest motion demanding discussion on squatters and landless people

Opposition party registers urgent public interest motion demanding discussion on squatters and landless people

कान्तिपुर

Link copied successfully