एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले सामाजिक सञ्जाल र फोनमार्फत गोली हान्ने धम्की आएको जानकारी गराएका हुन् ।

असार ३०, २०८३

न्युज एजेन्सी नेपाल

UML Chief Whip Ain Mahar receives death threat

काठमाडौं — एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसद्‌को ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले सामाजिक सञ्जाल र फोनमार्फत गोली हान्ने धम्की आएको जानकारी गराएका हुन् । 

प्रमुख सचेतक महरले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए । महरले सदनमा धम्की दिने व्यक्तिको विवरण समेत सार्वजनिक गरेका छन् । उनका अनुसार पराजुली राम नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको हो ।

उनले भने, 'हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ । सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ ।'

पूर्णविक्रम क्षेत्री नामका अर्का व्यक्तिबाट पनि भौतिक आक्रमणको धम्की आएको उनले बताए । यसरी सार्वजनिक रूपमै ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको र यसबारे सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् । उनले आफूहरू निरपेक्ष रूपमा सरकारको विरोधमा नरहेको तर जनसरोकारका विषयमा बोल्दा यस्ता धम्कीको सामना गर्नु परिरहेको गुनासो गरे ।

न्युज

Link copied successfully