मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न सरकारलाई सभामुखको निर्देशन

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिएका हुन् ।

असार ३०, २०८३

न्युज एजेन्सी नेपाल

Speaker directs government to undertake monsoon disaster management and preparedness

काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले भने, ‘यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन् ।यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराएका छन् ।

न्युज

Link copied successfully