गणेश नेपाली आत्मदाह घटनाको छानबिन समिति गठन र महानगर प्रहरीलाई नियन्त्रणमा लिएको गृहमन्त्रीको भनाइ

गृहमन्त्री सुधन गुरुङले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन र काठमाडौं महानगर प्रहरीका तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Home Minister says investigation committee formed for Ganesh Nepali self-immolation incident and Metropolitan Police brought under control

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेको घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । 'डीआईजी गोविन्द थपलियाको नतेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छौं,' उनले भने, 'तीन जना महानगर प्रहरीलाई पनि नियन्त्रणमा लिएका छौं ।'

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने पनि बताए ।

कान्तिपुर

Link copied successfully