हठात् संविधान संशोधनमा प्रवेश गर्न खोज्नु चिन्ताजनक : सभापति थापा

कांग्रेस सभापति गगनकुमार थापाले संविधान संशोधनको ढोका हचुवाका भरमा खोलिँदा यसले समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू भत्काउन सक्ने बताएका छन् ।

असार २५, २०८३

न्युज एजेन्सी नेपाल

Attempting to suddenly enter into constitutional amendment is concerning: President Thapa

काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाएका हुन् । संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीडा र हजारौँ नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको उनको टिप्पणी थियो ।

‘नेपाल कुन राजनीतिक द्वन्द्वबाट गुज्रेर यहाँसम्म आएको हो र संविधानसभाले कसरी संविधान बनाएको हो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । १७–१८ हजार मानिस मारिएको विषयलाई हामीले एक हरफमा सीमित गरिदिए पनि प्रत्येक मृतकको कथा र परिवारको संवेदना जोडिएको छ,' उनले भने, 'ती सबै कुरालाई बिर्सिएर हठात् संविधान संशोधनमा प्रवेश गर्न खोज्नु चिन्ताजनक छ । संविधान संशोधनको ढोका हचुवाका भरमा खोलिँदा यसले समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू भत्काउन सक्छ र समग्र शासन व्यवस्थालाई नै अस्थिर बनाइदिन सक्छ । सरकारले प्राथमिकता निर्धारण नगरी अघि बढ्दा यस्तो जोखिम देखिन्छ ।’

न्युज

Link copied successfully