देउवापुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणमा सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना 

त्यसअघि विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेष भएको घरमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको थियो ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Public notice to Deuba's son Jayabeer to appear in money laundering case within seven days

काठमाडौँ — सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । 

विभागले गोरखापत्रमा सूचना जारी गर्दै बयानका लागि उपस्थित हुन भनेको हो । त्यसअघि विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेष भएको घरमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको थियो ।

पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवाको नाममा पनि पुर्जी जारी गरेको र टाँस गरेको थियो ।

जयवीरमाथि नेपाल टेलिकम र पासपोर्टको ठेक्का लगायतमा अनियमिततामा संलग्न रहेको उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनका नाममा बयानका लागि पुर्जी काटिएको हो ।

Public notice to Deuba's son Jayabeer to appear in money laundering case within seven days

कान्तिपुर

Link copied successfully