'तपाईं रास्वपासँग निकट हो ?' बाबुराम भन्छन् : म विकास र समृद्धिकै खोजीमा छु

केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्ताले उहाँहरूलाई सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई

असार २२, २०८३

कान्तिपुर संवाददाता

'Are you close to the Rashtriya Swayamsevak Sangh?' Baburam says: I am in search of development and prosperity

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा जोड दिएका हुन् । 

हाल केहीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्नको लागि सहयोग गरिरहेको उनले जिकिर गरे । 

'केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्ताले उहाँहरूलाई सहयोग गर्नुपर्छ । हामीसँग भएको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्छ,' उनले भने । 

विज्ञान र प्रविधिको अहिलेको युगमा राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएका राजनीतिक संगठन काम नलाग्ने दाबी समेत उनको छ । उनले अगाडि भने, 'पार्टीहरू त हिजो राजनीति अधिकार र अधिकारको लडाइँका निम्ति बनाएको संगठन हो । अहिले विज्ञान र प्रविधिको युगमा त्यो हतियार काम लाग्छ ? त्यसकारण नयाँ हतियारसहित नयाँ पुस्ता अगाडि आउँदैछ त्यसलाई हामीले सहयोग गरेर मात्रै देशमा विकास र समृद्धि आउँछ ।'

कान्तिपुर

Link copied successfully