समिति बैठकले निर्वाचन सुरु भएसँगै आचारसंहिता लागू गर्ने, त्यसको पूर्ण पालना गराउने तथा काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्र र स्थानीय तहमा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री बनाउन निर्वाचन प्रक्रियामा डिजिटल (पेपरलेस) प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको समिति बैठकले निर्वाचन सुरु भएसँगै आचारसंहिता लागू गर्ने, त्यसको पूर्ण पालना गराउने तथा काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्र र स्थानीय तहमा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
समितिले निर्वाचन व्यवस्थापनका लागि कानुन व्यवसायी तथा अन्य पेशागत समूहको रोस्टर तयार गरी अभिमुखीकरणपछि निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि गरेको जनाएको छ ।
