रास्वपा केन्द्रीय समितिको पहिलो बैठक आजै बस्ने

सभापति रवि लामिछानेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका छन्।

असार १७, २०८३

जयसिंह महरा

The first meeting of the RSVP Central Committee will be held today.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आजै बस्ने भएको छ।

सभापति रवि लामिछानेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका छन्। उनले आजै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ खुवाउने छन्।

त्यसपछि केन्द्रीय समितिको बैठक बस्नेछ।

रास्वपाका नवनिर्वाचित महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समिति बैठकमा सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्न सक्नेछन्।

रास्वपामा वरिष्ठ नेतासहित १२ जना मनोनित हुनेछन्। प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित हुनेछन्।

मनोनित हुने बाँकी ११ पदाधिकारीमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ जना छन्।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully