पार्टी केन्द्रीय कार्यालय चमतीमा बुधबार बिहान ११ बजे पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रम रहेको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय चमतीमा बुधबार बिहान ११ बजे पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रम रहेको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ । सभापति लामिछानेले भने शपथ लिइसकेका छन् ।
असार ७-१२ सम्म चितवनमा भएको रास्वपा महाधिवेशनबाट १ सय ५८ मध्ये १ सय केन्द्रीय सदस्य निर्वाचित भएका थिए । महाधिवेशनले सभापति (१ जना), उपसभापति (२ जना), महामन्त्री (१ जना), सहमहामन्त्री (३ जना) निर्वाचित गरेको छ । १९ पदाधिकारीमध्ये वरिष्ठ नेतासहित बाँकी १२ पदमा मनोनीत गरिनेछ । यस्तै सात प्रदेशका सभापति स्वतः पदेन सदस्य रहने भएकाले बाँकी ५१ जनालाई पार्टी सभापति लामिछानेले मनोनीत गर्नेछन् ।
