कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने 

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइन् ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

From application to decision for employee transfer, the process will be done online.

What you should know

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी थालेको छ । सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणालीको काम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार उक्त प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुने मन्त्रालयले जनाएको छ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष एपीआईमार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने बताइएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्ने बताइएको छ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी (प्रोसेस ट्र्याकिङ) प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् । आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआई मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि राखिएको छ । सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइन् । यो प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने उनको भनाइ छ ।  From application to decision for employee transfer, the process will be done online.

कान्तिपुर

Link copied successfully