सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए
काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई दोस्रो पटक ३ दिन म्याद थप गरिएको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ३ दिन म्याद थप गरेको हो ।
यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।
सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
