चार पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति एकै स्टेजमा

मदनभण्डारी फाउण्डेशनले मदन भण्डारी ७५औं जन्मजयन्तीको सन्दर्भमा आयोजित 'नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी' विषयक विचार गोष्ठी तथा 'मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह'मा उनीहरू जुटेका हुन् ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

Four former prime ministers and a former president on the same stage

काठमाडौं — नेपालका चार पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति आइतबार एकै स्टेजमा जुटेका छन् । मदनभण्डारी फाउण्डेशनले मदन भण्डारीको ७५औं जन्मजयन्तीको सन्दर्भमा काठमाडौैंको राष्ट्रिय सभागृहमा आयोजना गरेको 'नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी' विषयक विचार गोष्ठी तथा 'मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह'मा उनीहरू जुटेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल भेला भएका हुन् । 

कार्यक्रममा मदन भण्डरी फाउण्डेसको अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारेको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख धनराशीको पुरस्कार हस्तान्तरण गरेकी थिइन् । 

कान्तिपुर

Link copied successfully