भदौ २३-२४ मा प्रतिगामी षडयन्त्र भयो : ओली

जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्रको संज्ञा दिँदै उनले त्यो लोकतान्त्रिक आन्दोलन नभएको बताए ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

A retrograde conspiracy took place on Bhadra 23-24: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा प्रतिगामी षडयन्त्र भएको बताएका छन् । त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरेको उनले बताए ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा उनले जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्रको संज्ञा दिए ।

‘नेपालको वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई, देशभक्तिपूर्ण आन्दोलनलाई, लोकतन्त्रलाई सिध्याउने गरी षड्यन्त्र भयो ।यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन,' उनले भने, 'सरकार बनाउने, अपदस्थ गर्ने, सरकार फेर्ने सबै गर्ने, संसद् असंवैधानिक ढंगले भंग गर्ने । वैधानिक सरकार भंग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन । तर नेपालमा त्यो भयो ।'

आफूहरुको कमीहरू रहे आत्मसमीक्षा गर्ने पनि उनले बताए । 'तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो । बर्बाद पारेनौँ अगाडि बढायौँ । प्यारामिटरहरूमा हेरौँ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully