रास्वपाको महामन्त्रीमा राजु पाण्डेको पनि उम्मेदवारी घोषणा, ९ जना पुगे प्रतिस्पर्धी

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका हुन् ।

असार १२, २०८३

गौरव पोखरेल

Raju Pandey also announces candidacy for the post of General Secretary of the Rashtriya Swayamsevak Sangh (RSS), 9 candidates have been announced

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु पाण्डेले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै केन्द्रीय सदस्य निर्वाचित गराउन गरेको विश्वासप्रतिसमेत आभार व्यक्त गरेका छन् । उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका छन् । 

रास्वपाका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकामा मेयर हुँदा उनी नगर प्रहरी प्रमुख थिए । पछि वालेन्द्रले महानगर छाडेसँगै उनले पनि राजीनामा दिएर राजनीतिमा होमिएका थिए । 

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । सभापतिमा पार्टीका संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने अन्य पदाधिकारीका लागि निर्वाचन गर्ने प्रक्रिया अघि बढिरहेको छ । 

एक महामन्त्री पदका लागि यसअघि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, गणेश कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले समेत महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।

रास्वपा महाधिवेशन

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully