उपसभापतिमा सोविताको प्रस्तावक बसिन् सामान्य प्रशासनमन्त्री प्रतिभा

रास्वपाको दुई उपसभापति पदका लागि निर्वाचन हुँदैछ ।

असार १२, २०८३

जयसिंह महरा

Minister of General Administration Pratibha, who proposed Sovita, became the Vice-Chairperson.

चिवतन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्नबाट अन्तिम समयमा पछि हटेकी सामान्य प्रशासनमन्त्री प्रतिभा रावल महिला उपसभापतिमा लड्न लागेकी सोविता गौतमको प्रस्तावक बनेकी छन् ।

कानुनमन्त्री समेत रहेकी गौतमको उम्मेदवारी दर्ता गर्ने क्रममा उनी प्रस्तावक बनेकी हुन् । 

रास्वपाको दुई उपसभापति पदका लागि निर्वाचन हुँदैछ । त्यसपछि एउटा खुला र एउटा महिलातर्फबाट प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ विराजभक्त श्रेष्ठ र स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् भने महिला उपसभापतिमा गौतम, इन्दिरा राना मगर र तोसिमा कार्कीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

रास्वपा महाधिवेशन

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully