रास्वपा तत्कालीन प्रवक्ता मनिष झा, गणेश कार्की र सागर ढकालले पनि महामन्त्रीमा उम्मेदवारी दिएका थिए । आचार्य महामन्त्रीमा निर्वाचित भएको भन्दै झाले पत्रकारहरूका अगाडि बधाइ दिएका छन् ।
काठमाडौं — रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
रास्वपाका पदाधिकारी चयनका लागि शुक्रबार दिउँसो १२ बजेदेखि सुरु भएको मतदान मतदानबाट आचार्य महामन्त्रीमा निर्वाचित भएका हुन् । उनले ६७३ मत प्राप्त गरेका छन् । रास्वपा तत्कालीन प्रवक्ता मनिष झा (३४६ मत), गणेश कार्की (१६९मत) र सागर ढकाल (१३९ मत)ले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
मतगणनापछि महाधिवेशनस्थल बाहिर आचार्य र झासँगै आएका थिए । सोक्रममा आचार्य महामन्त्रीमा निर्वाचित भएको भन्दै झाले पत्रकारहरूका अगाडि बधाइ दिएका थिए । नतिजाको औपचारिक घोषणा नहुँदै झाले आचार्यलाई बधाई दिएका थिए । विद्युतीय भोटिङ मेसिन र प्रवासबाट गरिएको मतदानका आधारमा उनी महामन्त्री निर्वाचित भएका हुन् ।
चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको महाधिवेशन पदाधिकारीको निर्वाचनसँगै शुक्रबार सम्पन्न भएको छ ।
