महामन्त्री पदका लागि मनीष झा, विपीन आचार्य, गणेश कार्की, सागर ढकाल र रञ्जु दर्शनाबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन — रास्वपा महामन्त्री पदमा उम्मेदवारी दिएका राजुनाथ पाण्डेले नाम फिर्ता लिएका छन् ।
'पार्टीको एकता र सुदृढीकरणको हितलाई सर्वोपरि राख्दै मैले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको छु,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
महामन्त्री पदमा १० जनाको उम्मेदवारी परेकामा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएका थिए ।
बुर्लाकोटी, पराजुली, न्यौपानेले भने विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
अब एक जना महामनन्त्री पदका लागि मनीष झा, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना र विपिन आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
