गैरकानुनी थुनामा राखिएको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलकी श्रीमती पुगिन् सर्वोच्च

बुधबार पौडेलकी पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । निवेदनको पहिलो सुनुवाइका लागि बिहीबार पेसी राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

असार १०, २०८३

दुर्गा दुलाल

UML Vice President Bishnu Poudel's wife moves Supreme Court, alleging illegal detention

काठमाडौँ — सम्पत्ति शुद्वीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

बुधबार पौडेलकी पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । निवेदनको पहिलो सुनुवाइका लागि बिहीबार पेसी राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । 

निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।

सम्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षका लागि थुनामा रहेका दिपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको थियो । विशेष अदालतले थप अवधि थुनामा राख्न अनुमति दिएपछि पौडेलको परिवारका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully