रास्वपा केन्द्रीय सदस्यमा सुनिल लम्साल, भूपदेव शाहलगायतले दिएनन् उम्मेदवारी, सभापतिबाट मनोनीत हुने  

सभापाति लामिछानेले महाधिवेशनअघिको अन्तिम बैठकमा चार महिनाअघि आएको र चार वर्षदेखि पार्टीमा रहेकाबीच समान किसिमको प्रतिस्पर्धा हुँदा अन्याय पर्नसक्ने बताएका थिए ।

असार १०, २०८३

गौरव पोखरेल

Sunil Lamsal, Bhupdev Shah and others did not file candidacies for the post of central member of the Rashtriya Swayamsevak Sangh (RSS), but will be nominated by the president.

What you should know

चिवतन — रास्वपामा वालेन्द्र शाह पक्षबाट समायोजनमा आएका १६ जनाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाहबीच चुनावअघि भएको सहकार्यको सहमतिपछि वालेन्द्र पक्षबाट २६ जना सदस्य बनेका थिए । 

तर, तीमध्ये सांसद् निर्वाचित भएकासहित केहीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन् भने बाँकीले उम्मेदवारी नदिएका हुन् ।  उम्मेदवारी नदिनेमा सुनिल लम्साल, भूपदेव शाह, लक्ष्मण थारु, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउदलगायत छन् । रास्वपाबाट चुनाव लडेर गृहमन्त्री बनेका गृहमन्त्री सुधन गुरुङले समेत उम्मेदवारी दिएका छैनन् । 

सभापाति लामिछानेले महाधिवेशनअघिको अन्तिम बैठकमा चार महिनाअघि आएको र चार वर्षदेखि पार्टीमा रहेकाबीच समान किसिमको प्रतिस्पर्धा हुँदा अन्याय पर्नसक्ने बताएका थिए । वालेन्द्र पक्षका एक नेता भन्छन्, 'यो एकताको अधिवेशन पनि हो, हाम्रोतर्फबाट महाधिवेशन प्रतिनिधि भनेर कहिल्यै वेग्लै दाबी गरिएको छैन । त्यस्तोमा यसपटक मनोनितबाट जाने कुरा भएको छ ।' 

रास्वपामा यो समूहबाट लम्सालले उपसभापति र शाहले महामन्त्रीमा दाबी गरेका छन् । दुवै जना मनोनीतबाट उपसभापति र महामन्त्री हुने सम्भावना रहेको नेताहरू बताउँछन् । Sunil Lamsal, Bhupdev Shah and others did not file candidacies for the post of central member of the Rashtriya Swayamsevak Sangh (RSS), but will be nominated by the president.

प्रस्तावित विधानअनुसार पार्टीको केन्द्रीय समितिमा सभापतिसहित १३६ सदस्य रहने व्यवस्था गरिएको छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मनोनीत कोटाबाट विवेकशील साझा, थारुहट आन्दोलनबाट समायोजित पक्षलाई समेत समेट्ने तयारी रहेको नेताहरुको भनाइ छ । 

हालसम्म सभापतिमा रवि लामिछाने निर्वाचित भइसकेका छन् भने प्रधानमन्त्री समेत नेता वालेन्द्र शाह वरिष्ठ नेता हुनेछन् । तीन उपसभापतिमा एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रबल दाबेदार रहेको रास्वपाका नेताहरू बताउँछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म देखिएका छैनन् । त्यो अवस्थामा पदाधिकारीमध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना प्रबल रहेको नेताहरूको भनाइ छ । तर महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ ।

महिला उपसभापतिमा चुनाव भएको खण्डमा कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवार हुन् । उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्की सम्भावित उम्मेदवार रहेको चर्चा छ । 

खुला महामन्त्रीमा सहमति जुट्न नसके निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने उम्मेदवार बन्ने सम्भावना छ । महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको दाबेदारमा डा. कार्कीलाई पनि हेरिएको छ । 

यसपालि विधान संशोधन गरेर रास्वपामा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि यो संख्या १२ थियो । यस पटक विधान संशोधन गरेर पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) छन् ।

रास्वपा महाधिवेशन

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully