मतदान नगरी आजै काठमाडौं फर्किँदैछन् प्रधानमन्त्री वालेन 

रास्वपा सभापतिमा मंगलबार रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उनी लामिछानेका प्रस्तावक समेत हुन् ।

असार १०, २०८३

गौरव पोखरेल

Prime Minister Wallen is returning to Kathmandu today without voting.

भरतपुर — प्रधानमन्त्री वालेन्द्र शाह चितवनको भरपुरबाट आज (बुधबार) काठमाडौं फर्किने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि आएका शाह बिहान ११ बजे बुद्ध एयरको विमानमार्फत् काठमाडौं फर्किन लागेको सुरक्षा स्रोतले कान्तिपुरलाई जानकारी दियो । 

‘उहाँ बस्नु भएको चितवनको लटाली सेन्चुरी रिसोर्टबाट निस्किनु भएको छ,’ एक सुरक्षा अधिकारीले भने । रिसोर्ट उनी पत्नी सबिना काफ्ले, छोरीसहितको टिमसँग बसेका थिए । 

रास्वपा सभापतिमा मंगलबार रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उनी लामिछानेका प्रस्तावक समेत हुन् । 

बुधबार अपराह्नबाट ९९ केन्द्रीय सदस्यको निर्वाचन सुरु हुँदैछ, त्यसमा निर्वाचित हुनेमध्येबाट पदाधिकारीको चुनाव हुनेछ । तर, प्रधानमन्त्री शाह मतदान नै नगरी फर्किन लागेका हुन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully