रास्वपाको मूल राजनीतिक सिद्धान्त 'सामाजिक लोकतन्त्र', के-के हुन् ५ मूल आधारस्तम्भ ?

निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धामा हामी कसैलाई 'दक्षिणपन्थी' लागौंला । आधारभूत स्वास्थ्य सेवा र शिक्षा सबै नागरिकका लागि राज्यले सुनिश्चित गर्नुपर्छ भन्दा 'वामपन्थी' देखिऔंला : सभापति लामिछाने

असार ९, २०८३

कान्तिपुर संवाददाता

What are the 5 main pillars of the Rashtriya Swayamsevak Sangh's basic political principle, 'social democracy'?

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले पार्टीको मूल राजनीतिक सिद्धान्त 'सामाजिक लोकतन्त्र' हुने बताएका छन् । मंगलबार भरतपुरमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले संविधानलाई नै 'वाद' वा सिद्धान्तका रूपमा अंगीकार गर्न उपयुक्त नहुने निष्कर्षमा पुगेको बताएका हुन् ।

दस्तावेज नै नहेरी आलोचकहरूले रास्वपासँग विचार नभएको आरोप लगाउने गरेको पनि लामिछानेको भनाइ छ । 'हामी परम्परागत ‘वामपन्थी’ वा 'दक्षिणपन्थी' होइनौं र जानिबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित छैनौं। कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यावहारिक, विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं,' उनले भनेका छन् । 

पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई सम्मान गर्ने, तर तिनलाई व्यावहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्ने पनि उनको भनाइ छ । 

'निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धामा हामी कसैलाई 'दक्षिणपन्थी' लागौंला । आधारभूत स्वास्थ्य सेवा र शिक्षा सबै नागरिकका लागि राज्यले सुनिश्चित गर्नुपर्छ भन्दा 'वामपन्थी' देखिऔंला। स्टार्टअप, निजी उद्यम र बजार स्वतन्त्रतालाई प्रोत्साहनले हामीलाई नदेखाएको ‘वामपन्थी', श्रमिक अधिकार, न्यूनतम ज्याला र सामाजिक सुरक्षा ग्यारेन्टीले देखाउला,' उनले भनेका छन् । 

राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाबाट होइन, मिश्रित, सन्तुलित र परिस्थितिअनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यता आफूहरूले राख्ने पनि उनको भनाइ छ । 

सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन्, ' यसको अर्थ संविधानप्रतिको अस्विकार्यता कदापि होइन । होचाहिँ के भने, देशको संविधान र दलको नीति, विचार, सिद्धान्त दुई अलग विषय हुन् ।'

 हालसम्म प्राप्त उपलब्धीको स्थायित्व र सुदृढीकरण, नेपालको वर्तमान आर्थिक सामाजिक परिस्थिति र नागरिकले आश गरेको राज्यको आधारभूत चरित्रको विश्लेषणका आधारमा आफूहरूले 'सामाजिक लोकतन्त्र'लाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गर्ने निष्कर्ष निकालेको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक लोकतन्त्रबाट सामाजिक न्याय सुनिश्चित गर्न रास्वपाको दर्शन पाँच मूल आधारस्तम्भमा आधारित रहेको पनि उनको भनाइ छ । 

यी हुन् ५ आधारस्तम्भ

कान्तिपुर

Link copied successfully