एमाले संसदीय दलको निष्कर्ष : उपाध्यक्ष पौडेललाई अपमान गर्ने हिसाबले सरकारले पक्रियो

पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरीत रहेको निष्कर्षसमेत पार्टीले निकालेको प्रमुख सचेतक ऐनबहादुर महरको भनाइ

असार ९, २०८३

कान्तिपुर संवाददाता

UML Parliamentary Party's conclusion: The government was caught in a plot to insult Vice President Poudel

काठमाडौँ — एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रतिनिधि सभा सदंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । 

महरले पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरीत रहेको निष्कर्षसमेत पार्टीले निकालेको बताए । ‘हिजोमात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पीएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ । आज काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यो कुरा थाहा भई भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौं ल्याउने काम गरियो, यो गैरन्यायिक र गैरकानुनी छ । यो कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ । यो पक्राउको एमाले संसदीय दलले घोर विरोध र भत्र्सना गरेको छ । बिनासर्त अविलम्ब रिहाइको माग पनि गरेको छ,’ उनले भने । 

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । 

कान्तिपुर

Link copied successfully