रास्वपाको बन्दसत्र सुरु हुन किन भइरहेको छ ढिलाइ ?

महाधिवेशन प्रतिनिधिहरु भने बन्दसत्रका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भेला हुन थालिसकेका छन् ।

असार ८, २०८३

गौरव पोखरेल

Why is the start of the closed session of the Rashtriya Swayamsevak Sangh (RSS) being delayed?

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनको दोस्रो दिन बन्दसत्र सुरु हुन केही ढिलाइ भएको छ । साढे ८ बजेबाट बन्दसत्र सुरु हुने निर्धारण गरिए पनि साढे १० बजेसम्म सुरु हुन सकेको छैन । 

महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भेला हुन थालिसकेका छन् । तर, भित्र कुर्सीहरु व्यवस्थापनको काम चलिरहेको छ । 

रास्वपा प्रवक्ता मनिष झाले व्यवस्थापकीय प्रक्रिया मिलाउँदा समय लागेको कान्तिपुरलाई बताए । उनले भने, ‘जुट्नलाई समय लागेको मात्र हो, ११ बजेदेखि सुरु हुन्छ ।’

बन्दसत्रमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ  अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्नेछन् । बन्दसत्रको सुरुवातमा अनुशासन आयोगतर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

लगत्तै कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछिन् र त्यसमा छलफल हुनेछ ।  पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावना पेश गर्ने कार्यतालिका पनि छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully