जनादेश सदुपयोग गर्न रास्वपालाई एमालेको सुझाव

रास्वपा महाधिवेशनमा नेता प्रदीप ज्ञवालीले भने- 'गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ । दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन्छ । '

असार ७, २०८३

कान्तिपुर संवाददाता

UML suggests to RSP to utilize mandate effectively

चितवन — एमाले नेता प्रदीप ज्ञवालीले जनादेश प्राप्त गर्नु महत्वपूर्ण भए पनि त्यसको सदुपयोग कसरी हुन्छ भन्नेमा ख्याल गर्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा एमालेका तर्फबाट बोल्दै उनले रास्वपाको काँधमा असीम जनमत रहेको र इतिहासका गलत शिक्षा होइन, यो जनादेशलाई लोकतन्त्रको सुदृढीकरणका लागि सदुपयोग गर्न सुझाव दिए ।

सरकारका प्रारम्भिक गतिविधिमा काम गर्ने हुटहुटी देखिएको उनले बताए ।'गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ । दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ,' उनले भने, 'न्यायालय कमजोर भयो भने, यदि राष्ट्रपति संस्था, संसद् कमजोर भए र आलोचना निषेध गरियो भने जनमत सधैं रहिरहन सक्छ भन्न सकिँदैन । रास्वपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनेर आगामी दिनमा नेपाली जनता आश्वस्त हुन सकून् ।'

भूराजनीतिक र जटिलता बुझेर बढो सतर्क भएर राष्ट्रिय हितलाई ध्यानमा दिन पनि सुझाव । 'एउटा अभिव्यक्ति वा गलत निर्णयले पार्ने भूराजननीति दबाब नेपालजस्तो देशले थेग्न गाह्रो हुन्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully