पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरे ।
चितवन — चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा रास्वपाको पहिलो महाधिवेशन सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरे ।
महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लगायतका नेता सहभागी छन् ।
महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन ।
नयाँ नेतृत्व नयाँ नेतृत्व चुन्नका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य १ सय ५८ (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) र सभापतिसहित १९ पदाधिकारी चयन हुनेछन् ।
