चितवनमा जारी रास्वपा महाधिवेशन समारोहमा शुभकामना मन्तव्य दिँदै यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।
काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा पार्टीलाई जनताले दिएको अवसर चुकाए देशले धोका पाउने बताएका छन् । चितवनमा जारी रास्वपा महाधिवेशन समारोहमा शुभकामना मन्तव्य दिँदै यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।
‘विगतमा सिमित राजनीतिक दल र तिनका नेताले लुटतन्त्र मच्याइरहेका थिए । हामीले परिवर्तन जरुरी छ भन्ने वकालत गरेका थियौं । निर्वाचनमार्फत परिवर्तनको चाहनालाई संस्थागत जिम्मेवारी रास्वपामा आइपरेको छ,’ उनले भने, ‘इतिहासले दिएको अवसर पार्टी र व्यक्तिको जीवनमा कहिलै आउँदैन । यो अवसर चुकाउनु भयो भने तपाई, पार्टी र देशलाई धोका हुन्छ । जिम्मेवारी सफतापूर्वक पुरा गर्नुहोस् ।’
उनले राजा चाहिन्छ भन्नेहरूको मत रास्वपाले पाएको बताए । ‘नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ । वालेन्द्रले राजा ल्याउँछ भनेर भोट दिएका मान्छे पनि छन्,’ उनले थपे, ‘हिजो अरुले ठिक लगाए, हामी पनि ठिक गर्छौं भन्ने हो भने जनता निराश हुनेछन् । निषेधको होइन, सहमतिको राजनीति गरौं ।’
