महाधिवेशनअघि भरतपुरमा बस्दैछ रास्वपाको अन्तिम केन्द्रीय कमिटी बैठक

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार, बैठकमा महाधिवेशन तयारी, विधान संशोधनसँगै समसामयिक विषयमा छलफल हुनेछ ।

असार ६, २०८३

गौरव पोखरेल

The last central committee meeting of the Rashtriya Swayamsevak Sangh (RSS) is being held in Bharatpur before the general convention.

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक शनिबार बिहान ११ बजे भरतपुरमा बस्दैछ । आइतबारबाट सुरु हुने महाधिवेशनअघि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्न लागेको हो । 

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार, बैठकमा महाधिवेशन तयारी, विधान संशोधनसँगै समसामयिक विषयमा छलफल हुनेछ । 

यसअघि बिहीबार केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरेको थियो ।  केन्द्रीय सदस्य संख्या १ सय ५८ (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) बनाउने निर्णय गरेको थियो । 

रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदैछ, बन्दसत्र चाहिँ गेस्टहाउस चौरआडको चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुँदैछ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully