पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ ।
चितवन — चितवनको भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो । पार्टी प्रतिनिधिका रुपमा एमालेबाट केन्द्रीय सदस्य ज्ञवालीले महाधिवेशनमा सहभागी जनाउने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङदेन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादवसमेत सहभागी हुने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुनेछन् । कांग्रेसबाट सभापति गगन थापा नै वा अरु नेता आउनेबारे टुंगो लाग्न सकेको छैन ।
रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदै छ । बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।
