भारत र चीनमा मैले गरेको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनलगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाटसम्बन्धी कार्य सम्पन्न गरेको उनको भनाइ थियो ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

My visits to India and China have contributed to promoting the country's national interests: Foreign Minister Khanal

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले आफनो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले आफनो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएका काम मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनलगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाटसम्बन्धी कार्य सम्पन्न गरेको उनको भनाइ थियो ।

‘नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमणलगायत समकक्षीहरूसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ,’ उनले भने । 

आगामी आर्थिक वर्षका लागि मन्त्रालयका र मातहतका निकायका लागि कूल ८ अर्ब ७३ करोड  बजेट स्वीकृत भएको पनि मन्त्री खनालले जानकारी दिए । उनले भने, 'विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरु मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।'

कान्तिपुर

Link copied successfully