सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजान प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल

विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धित क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाइ थियो ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Government committed to increasing investment in education and health sectors: Education Minister Pokharel

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाइएको मन्त्री पोखरेलको दाबी थियो । 

मन्त्री पोखरेलले बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारे । विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धित क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाइ थियो ।

‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धताअनुरूप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वद्धि गर्दै लगिनेछ । विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धित क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ । आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ,’ उनले भने । 

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पुँजीगत खर्च कम हुने तथ्यतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराए । 

कान्तिपुर

Link copied successfully