प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन अध्यक्ष राईको माग

प्रधानमन्त्रीज्युले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन । यसले सदनको गरिमा बढाएको छैन : राई

असार ४, २०८३

कान्तिपुर संवाददाता

Chairman Rai demands removal of Prime Minister's statement from record

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गर्दै त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग गरे । 

‘प्रधानमन्त्रीज्युले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन । यसले सदनको गरिमा बढाएको छैन । उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ,’ उनले भने । 

रक्षा मन्त्रालयअन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए । रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई किन वितरण गरिएन भन्दै उनले सभामुखमार्फत सरकारसँग जवाफ माग गरे । 

कान्तिपुर

Link copied successfully