प्रधानमन्त्रीले आम जनतासँग माफी माग्नु पर्दछ : सांसद राना

यो भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको भूमि हो । यसलाई सानोतिनो हिसाबले नसम्झियोस् : सांसद राना

असार ३, २०८३

कान्तिपुर संवाददाता

Prime Minister should apologize to the general public: MP Rana

काठमाडौँ — प्रतिपक्ष दल एमाले सांसद कृपाराम रानाले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे संसद्‍मा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भइरहेको पनि बताए । 

‘यो भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको भूमि हो । यसलाई सानोतिनो हिसाबले नसम्झियोस् । राष्ट्रियताप्रति हामी सबैको प्रेम छ, निष्ठा छ । समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलापमा प्रधानमन्त्रीले भद्धा मजाकका साथ नेपालको भारतको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनु हुन्छ । लाज लाग रहेको छ । मैले आग्रह गर्न चाहेँ– यो देशलाई हाम्रो राष्ट्रियतालाई कमजोर गर्ने राष्ट्रघाती अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीबाट अभिव्यक्त भएको छ । यो रेकर्डबाट हटाउन माग गर्दछु । र, जनतासँग माफी माग्न हार्दिक आग्रह गर्न चाहेँ,’ उनले भने । 

सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाहरूले आर्जेको मुलुकमाथि धावा बोल्दै अधिकार कसैलाई पनि नभएको बताए ।

कान्तिपुर

Link copied successfully