विराटनगरमा कांग्रेस संस्थापनइतर समूहको भेला सुरू

पार्टीभित्र बृहत्तर एकता, संगठन विस्तार र नेतृत्वको भूमिकाबारे बहस चलिरहेका बेला संस्थापनइतर समूहको विराटनगर भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जेष्ठ ३१, २०८३

पर्वत पोर्तेल

Gathering of non-Congress party groups begins in Biratnagar

विराटनगर — कांग्रेसको इतर समूहको कोशी प्रदेशस्तरीय भेला आइतबार विराटनगरमा सुरू भएको छ ।  पार्टीभित्र बृहत्तर एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको जनाइएको छ । 

विराटनगरस्थित होटल मनास्लुमा आयोजित भेलामा कांग्रेस नेता शेखर कोइराला,  पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र शशांक कोइराला, मीन विश्वकर्मा, मीनेन्द्र रिजाल, सुशीला ढकाल, महिन्द्रा सुब्बालगायतका नेता तथा कार्यकर्ता भेलामा सहभागी छन् । 

भेलाअघि नेता शेखर कोइराला र कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला विराटनगरस्थित कोइराला निवासमा सँगै देखिएका थिए । मञ्चमा पनि यी दुई नेता सँगै देखिए । 

Gathering of non-Congress party groups begins in Biratnagar

पछिल्लो समय कांग्रेसभित्र आन्तरिक एकता र नेतृत्वको भूमिकाबारे विभिन्न बहस चलिरहेका बेला दुई नेताको संयुक्त उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै त्यसमा सहभागी नभएको इतर पक्षले प्रदेशस्तरमा पहिलोपटक यस्तो भेला आयोजना गरेको हो । भेलामा पार्टीभित्रको एकता, संगठन विस्तार, आगामी महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully