सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित दाहाल निवास पुगेको थियो ।
काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो ।
सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित दाहाल निवास पुगेको थियो ।
सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।
यसअघि कार्यदलले पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची पारित गर्दै संविधान संशोधन बहसपत्र तयार गर्ने निर्णय गरेको थियो ।
