हराएका सीमा स्तम्भ पुनःस्थापनाको काम तीव्र : परराष्ट्रमन्त्री खनाल

ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक अगस्टमा

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Work to restore missing border pillars in full swing: Foreign Minister Khanal

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट स्पष्टीरकण दिँदै परराष्ट्रमन्त्री खनालले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताएका हुन् ।

‘नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूको बैठक हाल सञ्चालन भएका छन् । ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदैछ । हाल ज्वाइन्ट फिल्ड सर्भे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिइएको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुन:स्थापना र पुनर्निमाण गर्ने कार्य अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully