नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा

परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको संघर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ ।

जेष्ठ २७, २०८३

रासस

There is no fact or evidence that Nepal has encroached on Indian territory: UML leader Thapa

काठमाडौँ — एमालेको संसदीय दलका नेता रामबहादुर थापाले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको संघर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ ।

नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राखे ।

रासस

Link copied successfully