प्रधानमन्त्रीको भनाइमाथिको परराष्ट्रमन्त्रीको स्पष्टीकरण नेकपाले गर्‍यो अस्वीकार

‘हामी निरन्तर रूपमा आफ्ना असहमतिहरू जाहेर गर्नेछौँ। संसद्लाई अगाडि बढाउन र बजेटमाथि छलफल गर्न हाम्रो संघर्षको स्वरूपलाई परिवर्तन गर्दै कार्यनीति तय गरेका छौँ,’ नेकपा सांसद हमालले भने ।

जेष्ठ २७, २०८३

न्युज एजेन्सी नेपाल

NCP rejects Foreign Minister's clarification on Prime Minister's statement

काठमाडौँ — नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्रीद्वारा व्यक्त विवादास्पद अभिव्यक्तिमाथि परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण आफ्नो पार्टीले अस्वीकार गरेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गर्ने स्पष्ट बताएका हुन् । 

प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको भूमि मिचको छ भन्ने भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन पनि उनको माग छ । सांसद हमालले प्रधानमन्त्री संसद्‍मा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने र माफी माग्नुपर्ने अडान राख्दै आएपनि संसद्को कारबाहीलाई सधैँ रोक्न नहुने धारणा व्यक्त गरे । 

‘हामी निरन्तर रूपमा आफ्ना असहमतिहरू जाहेर गर्नेछौँ। संसद्लाई अगाडि बढाउन र बजेटमाथि छलफल गर्न हाम्रो संघर्षको स्वरूपलाई परिवर्तन गर्दै कार्यनीति तय गरेका छौँ,’ उनले भने । 

सांसद हमालले प्रधानमन्त्रीले प्रयोग गरेका शब्दहरूलाई ‘गम्भीर राष्ट्रघाती’ संज्ञा दिँदै ती शब्दहरू अविलम्ब संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । 

न्युज

Link copied successfully