प्रधानमन्त्रीलाई जनमतको ज्ञापनपत्र : विगतका सम्झौताहरू तत्काल कार्यान्वयन गरियोस्

मधेशमा भइरहेको प्रतिरोध र आन्दोलनमा सहभागी आन्दोलनकारीहरूमाथि धरपकड र दमन नगरी संवादको वातावरण सिर्जना गर्न जनमतको माग छ ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Public opinion memorandum to the Prime Minister: Past agreements should be implemented immediately

What you should know

काठमाडौँ — जनमत पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै विगतका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत जनमतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । पार्टीका महासचिव चन्दन सिंहलगायतका नेताहरू ज्ञापनपत्र बुझाउन पुगेका थिए । 

ज्ञापनपत्रमा  मधेश, थरूहट तथा 'स्वराज आन्दोलन'को क्रममा नेपाल सरकारले गरेका २२ बुँदे, ८बुँदे र ११ बुँदे सम्झौताअनुसार बाँकी रहेका काम कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस्तै राजनैतिक आन्दोलनको क्रममा मुद्दा लागेकाहरूलाई हिरासत तथा जेलमुक्त गर्ने र मुद्दा फिर्ता लिन पनि जनमतले आग्रह गरेको छ । त्यस्तै लाल आयोगको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न पनि जनमतको माग छ । 

नेपाली सेनासहित सुरक्षा निकायहरूमा समावेशिता लागू गर्न पनि जनमतले आग्रह गरेको छ ।  नेपाली सेनासहितका सुरक्षा निकायहरूमा मधेशी-थारू-मुस्लिमको सहभागिता समानुपातिक समावेशी बनाउन युवाहरूको समूहगत भर्ती तत्काल सुरू गर्न अध्यक्ष सीके राउतको माग छ ।

त्यस्तै मधेशमा भइरहेको प्रतिरोध र आन्दोलनमा सहभागी आन्दोलनकारीहरूमाथि धरपकड र दमन नगरी संवादको वातावरण सिर्जना गर्न जनमतको माग छ । 

आजै जनमतले माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेको छ । प्रदर्शनमा अध्यक्ष चन्द्रकान्त(सीके) राउतले मधेशकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् । उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका मागप्रति अनुदार हुने गरेको बताए ।

Public opinion memorandum to the Prime Minister: Past agreements should be implemented immediately

Public opinion memorandum to the Prime Minister: Past agreements should be implemented immediately

Public opinion memorandum to the Prime Minister: Past agreements should be implemented immediately

कान्तिपुर

Link copied successfully