रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित

निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पछि पार्दै पराजुली विजयी भएकी हुन्।

जेष्ठ २५, २०८३

वीरेन्द्र केसी

Parajuli elected as RSVP Arghakhanchi president

अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन्। निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पछि पार्दै पराजुली विजयी भएकी हुन्। उनले ९१ मत प्राप्त गरिन् भने सुनारले ७९ मत ल्याए। अर्का प्रतिस्पर्धी महेन्द्र कुँवरले ३३ मत प्राप्त गरे।

पराजुली यसअघि नेपाली कांग्रेसकी नेतृ थिइन्। नेविसंघ, तरुण दल र नेपाल महिला संघको जिल्ला सदस्य हुँदै उनी कांग्रेसको जिल्ला सदस्यसमेत बनेकी थिइन्। दुई वर्षअघि उनी रास्वपामा प्रवेश गरेकी थिइन्। काठमाडौंमा व्यवसाय गर्दै आएकी पराजुली रेडक्रसलगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छिन्।

उपसभापतिमा सहयोगी विसी ११६ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत ल्याए। त्यस्तै सचिवमा चिरन सुनार १५० मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत ल्याए। सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भए।

सदस्यमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित भए। ती सदस्य पदका लागि ११ जना प्रतिस्पर्धी थिए। महिला सदस्यमा रमा पौडेल निर्वाचित भइन्।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully