रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

गएराति भएको चुनावी प्रतिस्पर्धामा पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन्।

जेष्ठ २५, २०८३

महेश केसी

Dron Khadka elected as the president of Rukum West Rashtriya Swayamsevak Sangh (RSS)

रुकुम पश्चिम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको आइतबार राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन्। गएराति भएको चुनावी प्रतिस्पर्धामा पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन्।

कुल १ सय १३ मतदाता रहेकोमा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार खड्काले ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी चन्दले ३० मत प्राप्त गरेका छन्।

उपसभापतिमा रिमप्रसाद शर्मा निर्वाचित भएका छन्। प्रतिस्पर्धीहरू रवीन्द्रकुमार विष्ट, ठकेन्द्र गिरी र घमण्डबहादुर चन्द शिखरलाई पछि पार्दै शर्मा निर्वाचित भएका हुन्।

सचिवमा दीपेन्द्रराज विष्ट प्रतिस्पर्धी नवराज मल्ललाई पराजित गर्दै निर्वाचित भएका छन् भने सहसचिवमा प्रेम बाँठा मगरले सशे खत्री सरोज र पदम ददेललाई पछि पार्दै जित हासिल गरेका छन्।

त्यस्तै, पाँच जना सदस्यका लागि भएको निर्वाचनमा नीरज गिरी, यामराज डाँगी, लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी निर्वाचित भएका छन्। सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित भएका छन् भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको रास्वपा रुकुम पश्चिमले जनाएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ गराएका छन्। साथै, उनीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully