प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न मागसहित काठमाडौंमा जनमतको प्रदर्शन

जनमत पार्टीले प्रदेश स्वायत्तता, कर्मचारी प्रशासनमा अधिकार, रोजगारी सिर्जना र समुदायको सहभागिता सुनिश्चित गर्न सरकारलाई दबाब दिएको छ ।

जेष्ठ २५, २०८३

न्युज एजेन्सी नेपाल

A public referendum demonstration in Kathmandu demanding full autonomy for the provinces

काठमाडौँ — जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी पार्टीका कार्यकर्ताले प्रदेशलाई पूर्ण स्वायत्तता घोषणा गर्न, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन् ।

यस्तै, १२ लाख रोजगारी सिर्जना गर्ने सरकारी प्रतिबद्धता पूरा गर्न, नेपाली सेनामा मधेशी र थारू समुदायको सामूहिक भर्ना सुनिश्चित गर्न तथा ५४ प्रतिशत जनसंख्या रहेको तराई–मधेश क्षेत्रमा सोही अनुपातमा बजेट विनियोजन गर्न माग गरेका छन् । उनीहरुले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन, चुरे क्षेत्रमा भइरहेको दोहन र अतिक्रमण रोक्न तथा मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, सुकुमवासी र अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जयकान्त राउतले सरकारलाई आफ्नै प्रतिबद्धता सम्झाउने उद्देश्यले सांकेतिक रुपमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरिएको बताए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेख गरिएका विषय सरकारले कार्यान्वयन गर्न नसकेकाले सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

न्युज

Link copied successfully