उपेन्द्र यादवले जिते पार्टी आधिकारिकता विवादको मुद्दा  

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक हुने गरी रिट जारी हुने निर्णय सुनाएको हो ।

जेष्ठ २१, २०८३

दुर्गा दुलाल

Upendra Yadav wins party officialdom dispute case

काठमाडौँ — सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन विवादमा उपेन्द्र यादवको पक्षमा फैसला सुनाएको छ । 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक हुने गरी रिट जारी हुने निर्णय सुनाएको हो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

अदालतले अशोक राई पक्षले दल विभाजनका लागि दिएको निवेदन दर्ता गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी ठहर गरेको छ । फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन । फैसलाको पूर्णपाठपछि राईहरुको हकमा आयोगले पुन: निर्णय गर्नुपर्ने छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully