निर्वाचन परिणामपछि लोकतान्त्रिक शक्ति र एमालेलाई ठूलो धक्का : ओली 

जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उनी चैत १४ मा पक्राउ परी २६ मा रिहा भएका थिए ।

जेष्ठ २०, २०८३

गंगा बीसी

Big blow to democratic forces and UML after election results: Oli

काठमाडौँ — कपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अप्रत्यासित परिणामपछि लोकतान्त्रिक शक्ति  र एमालेले ठूलो धक्का खाएको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको दुई दिने कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘निर्वाचनको अप्रत्याशित परिणामपछि हाम्रो पार्टीले धक्का खाएको, लोकतान्त्रिक शक्तिले धक्का खाएको छ । राष्ट्रिय अस्मितामाथि गम्भीर धक्का खाएको अवस्थामा यो कार्यक्रम हुँदैछ’ उनले भने, ‘निर्वाचनको परिणामले हाम्रो पार्टी र लोकतान्त्रिक शक्तिहरु, देशभक्ति अभियानलाई अत्यन्त गम्भीर धक्का भएको छ ।’ 

कार्यक्रममा  केन्द्रीय सदस्यहरु, प्रदेशका अध्यक्ष र सचिव, केन्द्रीय विभागहरुका प्रमुखहरु सबै जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भएका छन् ।

बबरमहलस्थित एक पार्टी प्यालेशमा भइरहेको कार्यशालामा ओली सेतो पहिरनमा छन् । उनका बुवाको निधन भएपछि उनले सेता पहिरन लगाउँदै आएका छन् । 

जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उनी चैत १४ मा पक्राउ परी २६ मा रिहा भएका थिए । त्यसपछि उनको पत्थरीको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि भक्तपुर गुण्डुमा स्वास्थ्य लाभ गरिरहेका थिए ।

गंगा

Link copied successfully