रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भेटमा विकास साझेदारी र नागरिक-नागरिक सम्बन्धमा छलफल भएको विदेशमन्त्री जयंशकरले जानकारी दिएका छन् ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

Meeting between RSP President Lamichhane and Indian External Affairs Minister Jaishankar

काठमाडौँ — भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले एक्समा सभापति लामिछानेसँगको भेटबारे जानकारी दिएका छन् । 

भेटमा विकास साझेदारी र नागरिक-नागरिक सम्बन्धमा छलफल भएको विदेशमन्त्री जयंशकरले जानकारी दिएका हुन् । सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । मंगलबार नै उनले भाजपा मुख्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंहलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । 

Meeting between RSP President Lamichhane and Indian External Affairs Minister Jaishankar

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव अविनाश आचार्य रहेका छन् । 

कान्तिपुर

Link copied successfully