सद्भावना पार्टी कांग्रेसमा विलय 

कांग्रेस सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहबीच आइतबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।

जेष्ठ १७, २०८३

कुलचन्द्र न्यौपाने

Sadbhavana Party merges with Congress

काठमाडौँ — नेपाल सद्भावना पार्टी कांग्रेसमा विलय भएको छ । कांग्रेस सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहबीच आइतबार सहमति पत्रमा हस्ताक्षर भएको हो । 

सद्भावना पार्टीका नेता अनिलकुमार झालाई कांग्रेस सभापति थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । उनी कांग्रेस पार्टीबाटै २१ फागुनको निर्वाचनमा रौतहट–१ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग नेता झाले सद्भावना पार्टी पुनर्गठन गरेका थिए । सद्भावना पार्टीका सबै संरचनासहित नेता तथा कार्यकर्ता समायोजनका लागि कांग्रेस नेता अर्जुनरसिंह केसी र झा सम्मिलित कार्यदल गठन गरिएको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully