नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति तथ्यहीन : सांसद राई

सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गरे ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

PM Shah's statement that Nepal has also encroached on Indian territory is baseless: MP Rai

काठमाडौँ — नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् । 

संघीय संसद् भवन सिंहदरबार परिसरमा आइतबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सार्वभौम संसद्‌मा प्रधानमन्त्री शाहले बिनातथ्य कुरा गर्नु अशोभनीय भएको बताए । उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्‍यो, यो, यो ठाउँ भनेर  । तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्तासम्पन्न प्रतिनिधिहरु भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौं भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो । आपत्ति छ,' सचेतक राईले भने, मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन ।’

सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गरे ।

कान्तिपुर

Link copied successfully