प्रधानमन्त्री वालेन्द्र शाहले सुकुमवासी समस्या ३५ वर्षमा नभएकाले ३५ मिनेटमै समाधान नखोज्न आग्रह गरेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सुकुमवासी समस्या ३५ वर्षमा नभएकाले ३५ मिनेटमै समाधान नखोज्न आग्रह गरेका छन् । प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले सुकुमवासीलाई जग्गा दिने र वसोवासको व्यवस्था गर्ने वाटोमा काम गरिरहेकाले समय लाग्ने बताए ।
उनले यस्तो विषयमा हतार गर्न नहुने भन्दै उनले लाग्ने जति समय लाग्ने जवाफ दिए । उनले काठमाडौंमा रहेका सुकुमवासीहरु जोखिमपूर्ण अवस्थामा रहेकालाई अर्को ठाउँमा सारेको दाबी गरे ।
‘सुकुमवासीलाई खेदाएको जस्तो देखिएपनि यो चार वर्ष अघि कै योजना कार्यान्वयन गरेको हो ।सुकुमवासीलाई जग्गा व्यवस्थापन गर्ने भनेर नै काठमाडौंमा रहेकालाई प्राथमिकता दिएको हो ’ उनले भने ‘ उनीहरुलाई प्राथमिकता दिनुको कारण वाढी र उनीहरुको स्वाथ्यका कारण हो । उहाँहरु आफैँ विरामी र ज्यान जोखिमवाट जोगाउने काम गरेको हो । ’
उनले नेपालको जग्गा भारतले मिचेको मात्र नभई भारतको पनि नेपालले मिचेको पाइएको भन्दै काम भइरहेको बताए । सहकारीको रकम वितरण सरकारी कोषको नभई सहकारीहरुले नै जम्मा गरेको कोषको रकम भएको भन्दै प्रधानमन्त्रीले यसका अन्य कुरामा नलाग्न अनुरोध गरे ।
श्रम शक्ती नेपाल पार्टी आर्यन राईले सुकुमवासी देखि लिपुलेक र बाँदर नियन्त्रणसम्मका प्रश्न गरेका थिए ।
